आईपीएलमा आज दिल्ली र हैदरावाद तथा राजस्थान र चेन्नई भिड्दै

आईपीएलमा आज दिल्ली र हैदरावाद तथा राजस्थान र चेन्नई भिड्दै

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई खेल हुँदैछ।

पहिलो खेलमा दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र सनराईजर्स हैदरावाद तथा दोस्रो खेलमा बेलुका पौने ८ बजे राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्सबीच हुनेछ।

दिल्ली र हैदरावादबीच भएका पछिल्ला पाँच खेलमा तीन खेल दिल्लीले जित्दा  दुई खेल मात्र हैदरावादले जितेको छ।

जारी सिजनमा हैदरावाद दुई खेलमध्ये एकमा जित र एकमा हारसहित छैटौं स्थामा हुँदा एक खेलमा जित निकालेको दिल्ली पाँचौं स्थानमा छ।

त्यसैगरी चेन्नई र राजस्थानबीच भएका पाँच खेलमा चार खेल राजस्थानले आफ्नो पोल्टामा पार्दा एक खेलमा मात्र चेन्नई हावी भएको छ।

चैत १७, २०८१ आइतबार ०८:३२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।