पाँच पटकको आईपीएल च्याम्पियनको लगातार दोस्रो हार

काठमाडौं : ब्याटिङ चल्न नसक्दा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो हार बेहोरेको छ।
शनिबार मुम्बई नरेन्द्र मोदी रंगशालामा गुजरात टाइटन्ससँग ३६ रनले पराजित भयो।
टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ९७ रनको लक्ष्य दियो।
जवाफमा मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदा मात्र १६० रन बनायो।
मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग चार विकेट तथा गुजरात पञ्जाब किंग्ससँग ११ रनले पराजित भएको थियो।
जितसँगै गुजरातले दुई अंक जोडेको छ। मुम्बई दोस्रो खेलमा पनि खाता खोल्न सकेन।
मुम्बईको इनिङ्समा सुर्यकुमार यादवले ४८ रन प्रहार गरे। तिलक बर्माले ३९ रनको योगदान दिए। ओपनिङ जोडी रोहित शर्मा ८ र रायन ६ रन बनाएर आउट भए।
बलिङतर्फ मोहम्मद सिराज र प्रसिद्ध कृष्णले समान दुई विकेट लिए।
गुजरातको लागि ओपनर साई सुदर्शनले सर्वाधिक ६३ रन बनाउँदा कप्तान शुभमन गिलले ३८ रन जोडे।
चैत १७, २०८१ आइतबार ०७:३१:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।