राजवादीको प्रदर्शन : पेटमा गोली लागेका युवाको अवस्था अझै गम्भीर, पाखुरामा गोली लागेका भने खतरामुक्त

काठमाडौं : शुक्रबार तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा पेटमा गोली लागेर घाइते भएका एक युवाको अवस्था अझै गम्भीर रहेको छ।
उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएका ती युवाको अवस्था अझै गम्भीर रहेको निर्देशक डा. बद्री रिजालले उकेरालाई जानकारी दिए।
उनका अनुसार शुक्रबार साँझ ती युवाको आन्द्राको शल्यक्रिया गरिएको हो।
‘करिब चार घण्टापछि शल्यक्रिया सफल भयो। पेटभित्र गोली भेटिएन,’ उनले भने, ‘बिरामी अहिले आईसीयूमा छन्। अवस्था गम्भीर नै छ।’
त्यसैगरी ट्रमामै भर्ना भएका पाखुरामा गोली लागेका अर्का युवा भने खतरामुक्त रहेको डा. रिजालले बताए।
उनका अनुसार गोली लागेका ती युवाको हड्डी भाँचिएर प्लास्टर गरिएको छ।
आन्दोलनमै घाइते भएर अनुहार र खुट्टामा चोट लागेका अन्य दुई जनालाई भने उपचारपछि डिस्चार्ज गरिएको छ।
चैत १६, २०८१ शनिबार १५:११:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।