प्रधानमन्त्री कपको उपाधिका लागि पुलिसलाई १५५ रनको लक्ष्य

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधिका लागि त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्बललाई १५५ रनको लक्ष्य दिएको छ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको आर्मी ४३ ओभरमा अलआउट हुँदै १५४ रनमा समेटियो।
उसका लागि बसीर अहमदले ८६ रनको अविजित अर्धशतकीय पारी खेल्दा कप्तान विनोद भण्डारीले २९ र विवेक यालवले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपाल पुलिस क्लबका करण केसी र सागर ढकालले तीन–तीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए।
अहिले पुलिसले जवाफी ब्याटिङ गरिरहेको छ। पुलिसले यसअघिको प्रधानमन्त्री कपको उपाधि समेत जितेको थियो।
चैत १६, २०८१ शनिबार १३:२०:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।