माइतीघरमा पत्रकारको प्रदर्शन

माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं : समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा पत्रकारहरू आन्दोलित भएका छन्।

शुक्रबार भएको राजावादीहरूको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो।

रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएपछि उनको त्यही जलेर मृत्यु भएको थियो।

उनको हत्याको विरोधमा आज बिहान नेपाल पत्रकार महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। महासंघले उनको ‘हत्यारा’लाई कारबाही गर्न समेत माग गरेका छन्।

आज पत्रकार महासंघको स्थापना दिवससमेत हो तर यही समयमा पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो।

चैत १६, २०८१ शनिबार १०:१६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।