नजरबन्दमा राखिएका नवराज सुवेदीको चेतावनी- ‘महाराजधिराजलाई नजरबन्दमा राखे नागरिक स्वत:स्फुर्त सडकमा उत्रनेछन्’

काठमाडौं : ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नजरबन्दमा राख्न खोजेको भन्दै विज्ञप्ति निकालेका छन्।
शनिबार जारी गरेको विज्ञप्तिमा ज्ञानेन्द्रलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्दमा राख्ने तयारी भइरहेको बारे जानकारी आएको भन्दै त्यस्तो कदम चालिए देशभरबाट आम नागरिकहरू स्वतःस्फूर्त विरोधमा उत्रने विज्ञप्तिमा चेतावनी दिइएको छ।
चैत्र १५ गते दिउँसो ११ बजेदेखि काठमाडौंको तीनकुनेमा आयोजना गरिएको आन्दोलन घोषणा सभामा सङ्घर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरू मञ्चमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट नियोजित घुसपैठ र अनपेक्षित प्रहरी दमनका कारण सभा बिथोलिएको उनको दाबी छ।
‘सभामा उपस्थित नागरिकहरू माथि अश्रु ग्याँस लगायत गोली प्रहार गरेर नागरिकको हत्याका अतिरिक्त तोडफोड र आगजनी गराइ आतङ्क सिर्जना गर्ने घटनाको घोर भर्त्सना गर्दै सहादत प्राप्त गर्ने वीर योद्धा सहिद प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।
चैत १६, २०८१ शनिबार ०९:२६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।