तीनकुने क्षेत्रबाट हट्यो कर्फ्यु

तीनकुने क्षेत्रबाट हट्यो कर्फ्यु

काठमाडौं : काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा लागाइएको कर्फ्यु हटेको छ।

शुक्रबार दिउँसो ४:२५ देखि लगाइएको कर्फ्यु शनिबार बिहान ७ बजे हटाइएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बिहान ७ बजेबाट कर्फ्यु हटेको जानकारी दिए।

राजावदीहरूको प्रदर्शन उग्र भएपछि प्रशासनले चार किल्ला तोकेर हिजो कर्फ्यु लगाएको थियो।

काठमाडौंको बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु लगाइएको थियो।

राजावादीहरूको प्रदर्शनमा दुई जनाको मृत्यु र ११० जना घाइते भएका छन्।सरकारी र निजी गरी १५ वटा सवारीसाधनमा क्षति पुग्दा १४ स्थानमा आगजनी, ९ स्थानमा तोडफोड र एक ठाउँमा लुटपाट भएको प्रहरीले जनाएको छ।

चैत १६, २०८१ शनिबार ०७:१७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।