जडीबुटी प्रशोधन कम्पनीमा लागेको आगो बल्ल निभ्यो

जडीबुटी प्रशोधन कम्पनीमा लागेको आगो बल्ल निभ्यो

काठमाडौं : जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा पूर्वराजाका समर्थकहरूले लगाएको आगो चार घण्टा पछि नियन्त्रणमा आएको छ।

कोटेश्वरबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदर्शनकारीले प्रशोधन कम्पनीमा प्रवेश गरी आगो लगाइदिएका थिए। जुद्ध वारुण यन्त्र भक्तपुरका तीन वटा, काठमाडौँ महानगरपालिकाका दुई र ललितपुर महानगरपालिकाको एक गरी छ वटा दमकलले चार घण्टा लगाएर बल्ल आगो निभाएका हुन्।

जुद्ध वरुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले छ वटा दमकलले राति नौ बजे आगो निभाएर फर्किएको बताए।

सन्चोलगायत जडीबुटीका औषधि बनाउँदा प्रयोग हुने केमिकल बलेपछि आगो थप दन्किएको थियो।

चैत १५, २०८१ शुक्रबार २३:३१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।