नवराज सुवेदी हाउस अरेस्टमा, प्रसाईँ लगायतकाहरुलाई खोज्दै प्रहरी

नवराज सुवेदी हाउस अरेस्टमा, प्रसाईँ लगायतकाहरुलाई खोज्दै प्रहरी

काठमाडौँ : तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेपछि सरकारले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका पदाधिकारीहरूलाई नियन्त्रणमा लिन थालेको छ।

शुक्रवार भएको प्रदर्शन हिंसात्मक हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भयो। ३५ जना घाइते भए। प्रदर्शनलाई हिंसात्मक बनाएको आरोपमा समितिका संयोजक रहेका नवराज सुवेदीलाई उनकै घरमा नजरबन्द राखेको छ।

समितिका अन्य पदाधिकारीलाई नियन्त्रणमा लिन थालेको छ। समितिका  प्रवक्ता रहेका स्वागत नेपाललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर कार्यालय लगेको छ। धवल शमशेर राणा र रवीन्द्र मिश्र समेत पक्राउ परेका छन्।

चैत १५, २०८१ शुक्रबार २३:२१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।