कर्फ्यु शनिबार बिहान सात बजेसम्म लम्बियो

कर्फ्यु शनिबार बिहान सात बजेसम्म लम्बियो

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्युको समय शनिबार बिहान ७ बजेसम्म पूर्याएको छ। राजावादीहरूको हिंसात्मक प्रदर्शनपछि प्रशासनले स्थानीय प्रशासन ऐन प्रयोग गरेर , २०२८ को दफा ६क बमोजिम काठमाडौं जिल्लाको काठमाडौं तीनकुने क्षेत्र र त्यसको वरपरको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा कर्फ्यु लागेको क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने उल्लेख गरेको छ।

तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शन उग्र भएपछि स्थानीय प्रशासनले शुक्रवार ४ : २५ बाट बेलुका १० बजेसम्मलाई कर्फ्यु आदेश जारी गरेको थियो।

कर्फ्यु लागेको क्षेत्र

बानेश्वर तीनकुने क्षेत्र-

- गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर,

-कोटेश्वरदेखी जडीबुटी पुल,

- कोटेश्वरबाट बालकुमारी पुलसम्म,

- बानेश्वर चोकदेखि शंखमुल पुलसम्म,

- गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म।

चैत १५, २०८१ शुक्रबार २२:५८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।