प्रदर्शनमा गोली लागेका दुई जना ट्रमामा, पेटमा गोली लागेकाको अप्रेशन हुँदै

पेटमा गोली लागेका प्रदर्शनकारी। तस्बिर : दिपेश श्रेष्ठ।
काठमाडौं : राजावादीको प्रदर्शनका क्रममा गोली लागेका दुई जनाको नेशनल ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
घाइते दुई जनामध्ये एक जनाको पेटमा गोली लागेको छ भने अर्कोको पाखुरामा गोली लागेको ट्रमाका एक चिकित्सकले जानकारी दिए।
पेटमा गोली लागेकाको अप्रेसन भइरहेको र अर्को घाइते पनि उपचारमा रहेको ती चिकित्सकले बताए।
अन्य दुई जना घाइते पनि ट्रमामा आइपुगेका छन्। एक जनाको अनुहारमा चोट लागेको छ भने अर्कोको खुट्टा मर्किएको छ।
चैत १५, २०८१ शुक्रबार १९:३३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।