गोली लागेका एक युवाको मृत्यु, प्रधानमन्त्रीले बोलाएर मन्त्रिपरिषद् बैठक

गोली लागेका एक युवाको मृत्यु, प्रधानमन्त्रीले बोलाएर मन्त्रिपरिषद् बैठक

काठमाडौं : राजावादीको विरोध प्रदर्शनमा घाइते भएका एक युवाको मृत्यु भएको छ। घाँटीमा गोली लागेर घाइते भएका सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको हो।

उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो। अस्पताल स्रोतका अनुसार उपचारका लागि ल्याउँदा नै उनको मृत्यु भइसकेको थियो। उनी २९ वर्षका हुन्।

प्रदर्शनका क्रममा २२ जना घाइते भएका थिए। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

राजावादी प्रदर्शन अराजक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा मन्त्रीपरिषद् बैठक बोलाएका छन्।

चैत १५, २०८१ शुक्रबार १८:२४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।