म्यानमारमा शक्तिशाली भूकम्प, कयौं मानिस पुरिएको आशंका

म्यानमारमा शक्तिशाली भूकम्प, कयौं मानिस पुरिएको आशंका

एजेन्सी : शुक्रबार थाइल्याण्ड र म्यानमारमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ।

थाइल्याण्डका धेरै भागहरूमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ र धेरै भवनहरू खाली गराइएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणले यसको परिमाण ७.७ रहेको बताएको छ।

जबकि चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले चाइना अर्थक्वेक नेटवर्क सेन्टरलाई उद्धृत गर्दै भूकम्पको तीव्रता ७.९ रहेको बताएको छ।

भूकम्पपछि संचरनाहरू भत्किएका छन् भने मानिसहरू घरबाहिर निस्किएका छन्।

भूकम्पपछि भत्किएका संरचनाभित्र कयौं मानि पुरिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएका छन्।

चैत १५, २०८१ शुक्रबार १७:२०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।