काठमाडौंमा कर्फ्यू लगाउने तयारी

काठमाडौं : जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा कर्फ्यू लगाउने तयारी गरेको छ।
सुरक्षाकर्मीले केही बेरमा कर्फ्यु लाग्ने भनेर माइकिङ गर्दै राजावादी प्रदर्शनकारी र त्यहाँ जम्मा भएका स्थानीयलाई घर-घर जान आग्रह गरेको छ।
प्रहरीले माइकिङमा भनेको छ, ‘कर्फ्यू लाग्दैछ। तपाईंहरू घर-घर जानुहोला।’
यद्यपि प्रहरीले पूरै काठमाडौंमा वा तीनकुनेमा मात्र कर्फ्यू लगाउने भन्नेबारे स्पष्ट पारेनन्।
तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादीहरूले बागमती नदीको पुल तरेर आलोकनगरमा रहेको एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका थिए।
राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ। यद्यपि सकेको छैन।
चैत १५, २०८१ शुक्रबार १६:०९:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।