तीनकुनेमा एक सशस्त्र प्रहरीको टाउको फुट्यो, अर्का प्रहरीलाई पनि झुन्ड्याएर लगियो

काठमाडौं : राजावादीहरूको प्रदर्शनमा सुरक्षार्थ खटिएकी एक जना सशस्त्र प्रहरीको टाउको फुटेको छ।
प्रदर्शनकारीले गरेको आक्रमणमा परेर एक जना महिला सशस्त्र प्रहरी घाइते भएको तीनकुनेमा खटिएका उकेराकर्मी दीपेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार ती प्रहरीसँगै अन्य दुई प्रहरी पनि घाइते भएका छन्।
एक जनालाई प्रहरीहरूले बेहोस अवस्थामा उठाएर लगेका छन् भने अर्का एक जनालाई पनि साथ लागेर प्रहरीले सुरक्षित स्थानतर्फ लगेको छ।
राजावादी समूहको प्रदर्शन उग्र बनेपछि अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ। त्यहाँको एउटा घर जलेको छ।
चैत १५, २०८१ शुक्रबार १५:२९:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।