तनावग्रस्त तीनकुने, प्रहरी र राजावादीबीच झडप (११ तस्बिर)

तनावग्रस्त तीनकुने, प्रहरी र राजावादीबीच झडप (११ तस्बिर)

काठमाडौं : काठमाडौंको तीनकुने तनावग्रस्त बनेको छ। राजावादीको आमसभामा प्रहरीले बल प्रयोग गरेपछि तीनकुने तनावग्रस्त बनेको हो।

राजसंस्था पुनर्स्थापना, हिन्दू राज्यसहितका माग गरेका उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी साथै निषेधित क्षेत्र समेत तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो।

त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। राजावादीहरूले प्रहरीलाई ढुंगामुढा गरेका छन् भने प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेका छन्।

त्यस क्रममा प्रहरीलाई राजावादीले ढुङ्गा प्रहार गरेका छन् भने प्रहरीले पनि पानीको फोहोरा र पाँच राउन्ड अश्रुग्यास प्रहार गरेर भीड तितरबितर पारेको छ।

यसै क्रममा राजावादीहरु तीनकुने पुलबाट नयाँ बानेश्वरतर्फ अघि बढ्न खोज्दै झडप भएपछि प्रहरीले केही राजावादीहरूलाई नियन्त्रणमा समेत लिएको छ।

हस्तक्षेपका क्रममा दुर्गा प्रसाईं सवार गाडी तोडफोड भएको छ। अहिले प्रदर्शनकारीले प्रहरीमा ढुंगामुढा गरिरहेका छन्।

प्रदर्शनका क्रममा भएको झडपमा केही राजावादीहरू घाइते भएका छन्।

राजसंस्था पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल तथा विभिन्न राजसंस्थावादी संस्थाहरूले तीनकुनेमा प्रदर्शन गरेका हुन्।

राजावादीहरू हातमा राष्ट्रिय झण्डा र ज्यानमा पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिको तस्बिर अंकित टिसर्ट लगाएर सडकमा उत्रिएका थिए।

चैत १५, २०८१ शुक्रबार १४:०९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।