राजवादी र प्रहरीबीच झडप, पाँच राउन्ड अश्रुग्यास प्रहार

काठमाडौं : तीनकुनेमा प्रहरी र राजावादी समूहबीच झडप भएको छ।
तीनकुनेमा प्रदर्शन गर्न पुगेका राजावादीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो।
राजावादी समूहले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले रोकेको थियो। त्यसपछि झडपको स्थिति आएको हो।
यसैबीच प्रहरीले पाँच राउन्ड अश्रुग्यास समेत प्रहार गरेको छ। सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई तीनकुने पुलबाट बानेश्वरतर्फ प्रवेश गर्न दिएको छैन।
जिल्ला प्रशासन कार्यालयले राजावादी समूहको प्रदर्शनका लागि तीनकुने र समाजवादी मोर्चालाई प्रदर्शनीमार्गको सडक तोकेको छ।
दुवै समूहको प्रदर्शन र सभाका कारण आज काठमाडौं उपत्यकाका ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।
चैत १५, २०८१ शुक्रबार १३:२९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।