समाजवादी मोर्चाको सभालाई प्रचण्डसहित चार नेताले सम्बोधन गर्ने

काठमाडौं : समाजवादी मोर्चाले आज काठमाडौंमा विरोधसभालाई चार नेताले सम्बोधन गर्ने भएका छन्।
विभिन्न ठाउँबाट सुरु भएको मोर्चाको र्याली भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुनेछ। सरकार र राजावादीहरूलाई दबाब दिनको लागि मोर्चाले प्रदर्शन गरेको हो।
सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेसपाका अध्यक्ष महिन्द्रराय यादले सम्बोधन गर्ने बताइएको छ।
यसैबीच, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने सभामा नजाने भएका छन्।
चैत १५, २०८१ शुक्रबार १२:३९:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।