एसईई विद्यार्थीलाई गन्तव्यमा पुग्न समस्या भए काठमाडौं महानगरले सघाउने, यी हुन् हटलाइन नम्बर

एसईई विद्यार्थीलाई गन्तव्यमा पुग्न समस्या भए काठमाडौं महानगरले सघाउने, यी हुन् हटलाइन नम्बर

काठमाडौं : काठमाडौं महानगरपालिकाले शुक्रबार राजधानीमा हुने प्रदर्शनका क्रममा एसईई दिने विद्यार्थीलाई गन्तव्यमा पुग्न समस्या भएमा सघाउने भएको छ।

महानगरले हटलाइन सम्पर्क नम्बर सार्वजनिक गर्दै समस्या भएमा सहयोगका लागि सम्पर्क गर्न आग्रह गरेको हो।

महानगरका अनुसार त्यस्ता विद्यार्थीहरूले गन्तव्यमा पुग्न सवारी साधन उपलब्ध नभएमा महानगर प्रहरी बलका सम्पर्क नम्बरमा फोन गर्न सक्नेछन्।

यी हुन् सम्पर्क नम्बरहरू:-

- नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल ९८५१०६८०९६ (वानेश्वर)
- नगर प्रहरी उपरीक्षक मनोज प्रसाद लामिछाने ९८५१०९३१७६ (रत्नपार्क)
- नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्ट ९८५१२३३६३३  (नयाँ बसपार्क)
- नगर प्रहरी निरीक्षक प्रकाश पण्डित ९८५१०५६३४६ ( टेकु)

हटलाइन ०१५९०१७६४
              ९८५१३५६५०९

चैत १५, २०८१ शुक्रबार १०:०४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।