राजावादी र गणतन्त्रवादीको प्रदर्शनले उपत्यकाको ट्राफिक अस्तव्यस्त, प्रदर्शनीमार्गमा सवारी निषेध

राजावादी र गणतन्त्रवादीको प्रदर्शनले उपत्यकाको ट्राफिक अस्तव्यस्त, प्रदर्शनीमार्गमा सवारी निषेध

काठमाडौं : राजावादी र गणतन्त्रवादीहरूको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।

प्रदर्शनअघि शुक्रबार विहान ९ बजेदेखि प्रदर्शनी मार्गमा सवारी निषेेध गरिएको छ। भृकुटीमण्डपमा समाजवादी मोर्चााले प्रदर्शन र आमसभा गर्दैछ।

जमलबाट प्रदर्शनीमार्गतर्फ जाने सवारीलाई रत्नपार्कबाट बागबजार र जमलतर्फ नै फर्काइएको छ।

अहिलेसम्म बानेश्वरबाट सुन्धारातर्फ आउने निजी सवारीलाई नरोकिए पनि सार्वजनिक सवारी साधनलाई भने प्रवेश दिइएको छैैन।

चैत १५, २०८१ शुक्रबार ०९:५०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।