राजावादी र गणतन्त्रवादीको प्रदर्शनमा ४२ सयभन्दा बढी प्रहरी परिचालन हुने

काठमाडौं : दुई फरक विचारधाराका समूहबीच एकैपटक प्रदर्शन हुने भएपछि काठमाडौं उपत्यकामा मात्र ४२ सय प्रहरी परिचालन गरिने भएको छ।
नेपाल प्रहरीका २५ सय र सशस्त्र प्रहरीका १७ सय गरी ४२ सय भन्दा बढी प्रहरी परिचालन गर्न लागिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङले जानकारी दिए।
‘सुरक्षाबारे सम्पूर्ण तयारी गरिसकेका छौँ। नेपाल प्रहरीबाट २५ सय बढी प्रहरी परिचालन हुन्छ। आवश्यकता देखियो भने त्योभन्दा बढी पनि परिचालन हुन सक्छन्’, उनी भन्छन्।
यता सशस्त्र प्रहरीले पनि सबै तयारी पूरा भइसकेको बताएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार १७ सयसशस्त्र प्रहरी परिचालन हुन्छन्।
प्रहरीको सहयोगीका रुपमा सशस्त्र प्रहरी खटिने भएकाले पहिलो भीड नियन्त्रणको पहिलो भूमिका प्रहरीले निभाउने छ। यसका लागि सूचना संकलनको रूपमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)को टोली पनि खटिने छ।
चैत १५, २०८१ शुक्रबार ०७:५७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।