मौसम विभागले भन्यो- काठमाडौंमा आज हावाको वेग बढ्छ

काठमाडौं : देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ। केही स्थानमा हिमपात र हावाहुरीको पनि सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा छ।
मौसमविद् विनु महर्जनका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
‘लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही भूभागमा दिउँसो हावाहुरीको पनि सम्भावना रहेको छ,’ मौसमविद् महर्जनले भनिन्, ‘काठमाडौंमा पनि आज हिजोको तुलनामा हावाको बेग बढ्नेछ।’
उनका अनुसार काठमाडौंमा आज मौसम सफा रहनेछ। काठमाडौंमा अझै केही दिन वर्षाको सम्भावना छैन। दिउँसो काठमाडौंमा तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्नेछ।
हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
चैत १५, २०८१ शुक्रबार ०७:१२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।