कुलमानप्रति ओलीको टिप्पणी : गाली गर्नुपर्नेलाई प्रशंसा, प्रशंसा गर्नुपर्नेलाई गाली

काठमाडौं : विपक्षी दलहरूले ननइस्यूलाई इस्यू बनाएर गाली गर्नुपर्नेलाई प्रशंसा, प्रशंसा गर्नुपर्नेलाई गाली गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित भएका छन्।
महिला उद्यमी मेलाको उद्घाटन गर्दै ओलीले कर्मचारी हटाएको विषयलाई प्रतिपक्षीले सदन अवरुद्ध गरेर राम्रो काम नगरेको बताए।
‘अहिले विषय न सिषय सदन अवरुद्ध, के भयो रे भन्दा कर्मचारी सरुवा भयो कि, हटाइयो कि सरुवा भयो कि? हिजो निकालिएका मान्छेलाई त्यहाँ राख्दा विरोध गरिरहेका छन्, न्यायका कुरा गर्छन्’, उनले भने।
अदालतलाई दबाब दिनकै लागि प्रतिपक्षीले ननइस्यूलाई इस्यू बनाएको उनको भनाइ छ।
उनले थपे, ‘एउटा नन इस्यूलाई इस्यू बनाएर झूटो प्रशंसा र झूटो गाली, गाली गर्नुपर्नेलाई प्रशांसा, प्रशंसा गर्नुपर्नेलाई गाली।’
सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई निकालेपछि अहिले सरकारको विरोधमा प्रदर्शन भइरहेको छ भने सदन पनि अवरुद्ध छ।
प्रधानमन्त्रीले सदनमा आएर चित्तबुझ्दो जवाफ नदिएसम्म संसद अवरुद्ध राख्ने जनाएको छ।
चैत १४, २०८१ बिहीबार १४:२५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।