शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार रहेको प्रचण्डको दाबी

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार रहेको दाबी गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित संक्रमणकालीन न्याय सम्बन्धी राष्ट्रिय सम्मेलनमा उनले सबै विवाद र विमतीको बीचमा पनि शान्ति प्रक्रिया टुङ्गाउनुपर्छ भन्ने कुरामा सैद्धान्तिक रुपमा कहिले विवाद नभएको भन्दै यस्तो बताएका हुन्।
‘शान्ति प्रक्रियालाई सफलतापूर्वक अगाडि बढाउनको लागि आफ्नो पार्टी विभाजन गर्नुपर्छ भने पनि ठिक छ,’ उनले भने, ‘तर शान्ति प्रक्रिया दुर्घटनामा नजाओस भनेर धेरै जोखिम उठाएर हामीले सेना समायोजनसँग सम्बन्धित विषय वा संविधान निर्माण प्रक्रियासँग सम्बन्धित विषयमा राजनीतिक तहमा समझदारी गर्ने प्रयास गरिराख्यौं।’
टिआरसीमा पीडितहरूलाई सम्बोधन गर्ने कुरा उच्च प्राथमिकतामा राख्नुपर्छ भन्नेमा राजनीतिक नेतृत्वमा मतभेद नभएको भन्दै यसलाई छिट्टै टुंगोमा पुर्याइले बताए।
आफू शान्ति सम्झौताको हस्ताक्षरकर्ता र हिजो विद्रोहको नेतृत्व गरेको नाताले पनि शान्ति प्रक्रियाका अत्यन्तै जटिल र संवेशनशील विषयहरूलाई टुङ्गोमा पु¥याउन आफ्नो ठाँउबाट धेरै जोखिम उठाएको उनको दाबी छ।
चैत १४, २०८१ बिहीबार १४:१०:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।