११ बजे बोलाइएको प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

काठमाडौं : प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै दिउँसो २ बजे बस्नेगरी स्थगित भएको हो।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन्।
त्यसबारे सभामुख देवराज घिमिरेले विपक्षी दलहरूसँग परामर्श गरेका छन्। सहमति जुट्न नसक्दा सूचना टाँस गरेर बैठक स्थगित भएको हो।
चैत १४, २०८१ बिहीबार १४:०२:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।