सर्वोच्च प्रशासनद्वारा कुलमानको रिट दर्ता, शुक्रबारलाई तोकियो पेशी

सर्वोच्च प्रशासनद्वारा कुलमानको रिट दर्ता, शुक्रबारलाई तोकियो पेशी

काठमाडौं : आफूलाई नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा निरन्तरता दिन माग गर्दै सर्वोच्च अदालत पुगेका कुलमान घिसिङको रिट दर्ता भएको छ।

बुधबार अपरान्ह रिट निवेदन लिएर सर्वोच्च पुगेका घिसिङको रिट अध्ययनपछि आज दर्ता भएको हो।

कार्यकाल सकिन चार महिना बाँकी छँदा सरकारले घिसिङलाई पदबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो।

सर्वोच्च अदालत प्रशासनले शुक्रबारका लागि उनको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ।

चैत १४, २०८१ बिहीबार १३:५९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।