राष्ट्रिय सभा बैठक आज पनि अवरोध, एक घण्टाका लागि स्थगित

काठमाडौं : प्रतिपक्षी दलहरूको अवरोधपछि राष्ट्रियसभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ।
बिहीबार बैठक सुरु हुनासाथ प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित एकीकृत समाजवादीका सांसदहरूले सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेकामा विरोध जनाएका थिए।
त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले आजै एक घण्टापछि पुन: बैठक बस्ने गरी स्थगित भएको सदनलाई जानकारी दिए।
चैत १४, २०८१ बिहीबार १३:११:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।