सुनको मूल्य १३ सय रुपैयाँले बढ्यो

सुनको मूल्य १३ सय रुपैयाँले बढ्यो

काठमाडौं : साताको पाँचौं दिन सुनचाँदीको मूल्य बढेको छ।

बुधबारको तुलनामा आज सुन तोलाको १३ सय रुपैयाँले बढ्दा चाँदी ३० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ७४ हजार आठ सय रुपैयाँ कायम भएको छ।

हिजो सुन तोलाको एक लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी हिजो एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको दुई हजार २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

सुनको मूल्य यसअघि चैत ६ र ७ गते सबैभन्दा बढी एक लाख ७६ हजार रुपैयाँ पुगेको थियो।

चैत १४, २०८१ बिहीबार १०:३४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।