मनी विक अन्तर्गत सातै प्रदेशमा सिद्धार्थ बैंकको वित्तीय शिक्षा कार्यक्रम

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थी केन्द्रित वित्तीय शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ मार्च १७ देखि २३ सम्म "ग्लोबल मनी वीक २०२५" अन्तर्गत सात प्रदेशका विद्यालय र क्याम्पसमा कार्यक्रम चलाएको हो।
देशका सात वटै प्रदेशका विभिन्न विद्यालय र क्याम्पस गरेर २४ स्थानमा वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको बैंकले जानकारी दिएको छ। कार्यक्रममा १ हजार २ सय १२ जना विद्यार्थी सहभागी भएका थिए।
कार्यक्रममा बैंकले विद्यार्थीहरूलाई बैङ्किङ सेवाहरू, डिजिटल कारोबार र वित्तीय सावधानीहरूका बारेमा व्यावहारिक ज्ञान दिएको थियो।
कुल ३८ वटा कार्यक्रमहरूमार्फत १ हजार ६ सय ६० विद्यार्थीलाई जानकारी दिइएको र त्यसमध्ये ४ सय ४८ जना विद्यार्थीहरूलाई बैंकका विभिन्न शाखाहरूमा भ्रमण गराइएको बैंकले जानकारी दियो।
चैत १३, २०८१ बुधबार २१:२६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।