'अञ्जिला'को १३ दिनको कमाई ८ करोड ७० लाख

काठमाडौं : नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म 'अञ्जिला'ले १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको छ।
चलचित्रका वितरक करण श्रेष्ठले दोस्रो साताको मङ्गलवारसम्म देशभरका हलहरूबाट प्राप्त रिपोर्टका आधारमा ८ करोड ७० लाख ग्रस कलेक्सन गरेको दाबी गरेका हुन्। यो नेपालको मात्र ग्रस कलेक्सन हो।
निर्माण टिमका अनुसार 'अञ्जिला' विश्वभरका १६ देशमा प्रदर्शन हुनेछ।
चैत १३, २०८१ बुधबार २१:१८:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।