कुलमान हटाएको विरोधबारे प्रधानमन्त्री ओलीले भने ‘ सरकारले एउटा हटायो, अर्को नियुक्ति गर्‍यो,सक्कियो’

कुलमान हटाएको विरोधबारे प्रधानमन्त्री ओलीले भने ‘ सरकारले एउटा हटायो, अर्को नियुक्ति गर्‍यो,सक्कियो’

काठमाडौँ : कुलमान घिसिङको बर्खास्तको निर्णयबारे प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको जवाफ माग्दै दुवै सदन अवरुद्ध गरे। तर प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे जवाफ दिन आवश्यक नभएको प्रतिक्रिया दिए।

राष्ट्रिय युवा सङ्घ नेपालको कार्यक्रममा बुधवार उनले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटीपिटी रोएको भन्दै यसबारे प्रधानमन्त्रीले जवाफ दिइरहनु नपर्ने दाबी गरे।

‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो। एउटा हटायो, अर्को नियुक्ति गर्यो। सक्कियो। त्यही हो जवाफ। उहाँहरूलाई सहयोग हुने, उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन’ उनले भने।

ओलीले चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षी दलहरूले सदन अवरोधको काम थालेको दाबी समेत गरे।

‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस्, आखिर तपाईँहरू चिसै पानीले नुहाउनुपर्छ’ उनले भने ‘प्रधानमन्त्रीका सवालमा जथाभाबी नबोल्नुस्। जिम्मेवार बन्नुहोस्।’

चैत १३, २०८१ बुधबार २१:०८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।