गभर्नरको दौडमा रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशकले दिए राजीनामा

गभर्नरको दौडमा रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशकले दिए राजीनामा

काठमाडौं : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले राजीनामा दिएका छन्। राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका उनले बुधवार राष्ट्र बैंकको पदबाट राजीनामा दिएका हुन्।

राष्ट्र बैंकको भावी गभर्नर नियुक्तिका लागि गठित समितिले नाम सिफारिस नगरी उनले राजीनामा दिएका हुन्। गभर्नर बन्न श्रेष्ठ समेत इच्छुकमध्येका हुन्। उनी एमालेभित्र अर्थमन्त्री विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेल दुवै निकट मानिन्छन्। उनी यस अगाडि अर्थमन्त्री पौडेलको वरिष्ठ आर्थिक सल्लाहकार भएका थिए।

पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएको बेलामा उनी प्रदेश योजना आयोगको उपाध्यक्ष थिए। योजना आयोगको सदस्यमा नियुक्त भएपछि उनी बैंकमा भन्दा आयोगमै काजमा काम गरिरहेका थिए।

चैत १३, २०८१ बुधबार १९:५२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।