कुलमान रिट लिएर सर्वोच्च गए तर दर्ता भएन

काठमाडौं : काठमाडौँ : कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट लिएर गए। तर बुधवार हेर्न नभ्याएको भन्दै रिट दर्ता भएन।
करिब चार महिना पदावधि बाँकी रहँदै सोमबार मन्त्रिपरिषद्ले उनलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो। उनले सो निर्णय गैर कानुनी रहेको दाबी गर्दै बुधवार सर्वोच्चमा रिट निवेदन पेस गरेका थिए। सर्वोच्च प्रशासनले हेर्न नभ्याइएको भन्दै रिट दर्ता गरेन।
चैत १३, २०८१ बुधबार १७:४१:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।