कुलमानको बर्खास्तीको विरोधमा राष्ट्रिय सभा बैठक पनि स्थगित

कुलमानको बर्खास्तीको विरोधमा राष्ट्रिय सभा बैठक पनि स्थगित

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्ती गरेको विरोधमा प्रतिपक्षी दलहरूले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पारेका छन्।

बैठक सुरू हुनासाथ सांसदहरूले उठेर विरोध गरेपछि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले माओवादी केन्द्रका सांसद गोपी सार्की अछामीलाई बोल्ने समय दिए।

अछामीले सरकारले पूर्वाग्रह राखेर घिसिङलाई पदबाट हटाएको भन्दै विरोध जनाए। यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले माग गरे।

त्यसपछि पनि राष्ट्रिय सभा अध्यक्षले बस्न आग्रह गरे पनि सांसदहरू नबसेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

यसअघि प्रतिनिधि सभा बैठक पनि प्रतिपक्षी दलहरुले अवरुद्ध गरेका थिए।

चैत १३, २०८१ बुधबार १३:४३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।