प्रधानमन्त्री कप क्रिकेटमा कोशीले एपीएफलाई दियो २५५ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेटमा कोशीले एपीएफलाई दियो २५५ रनको लक्ष्य

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले एपीएफलाई २५५ रनको लक्ष्य दिएको छ।

भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको कोशीले निर्धारित ५० ओभरमा अलआउट हुँदै २५४ रन बनायो।

उसका लागि साकिब हकले ६८ रनको अर्धशतकीय पारी खेल्दा कप्तान अंकित सुवेदी ३५, आइस भट्टराई ३४, सुजन थपलिया ३३ र चिराग शाहले २४ रन जोडे।

बलिङमा एपीएफका अभिषेक गौतम र मौसम ढकालले समान तीन-तीन विकेट लिँदा कप्तान रोहित पौडेलले दुई विकेट लिए।

एपीएफ अहिले जवाफी ब्याटिङ गरिरहेको छ। नौ ओभरको समाप्तीमा एपीएफले तीन विकेट गुमाएर ५४ रन बनाएर खेलिरहेको छ।

चैत १३, २०८१ बुधबार १३:३०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।