सनलङको इलेक्ट्रिक कार्गो पिकअप नेपाल भित्रियो

सनलङको इलेक्ट्रिक कार्गो पिकअप नेपाल भित्रियो

काठमाडौं : सनलङको इलेक्ट्रिक कार्गो पिकअप नेपाल भित्रिएको छ। ब्लु कर्पोरेसन प्रालिले सनलङको कार्गो भ्यान नेपाल ल्याएको हो। कम्पनीले ललितपुरको बालकुमारीमा शोरुम स्थापन गरेर सनलङ ईभीयू-३ कार्गो भ्यान सार्वजनिक गरेको हो।

सनलङ ईभीयू-३ मा ७० किलोवाट क्षमाताको मोटर उपलब्ध छ। यसमा कम्पनीले ४२ किलोवाट आवरको लिथियम आइरन फोस्पेट ब्याट्री दिएको छ। एक पटकको फुलचार्जमा २८६ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ।

सनलङ ईभीयू-३ को लम्वाई ४९९५ एमएम, चौडाइ १६६५ एमएम, उचाइ १८२० एमएम र ह्वीलवेस ३०५० एमएम रहेको छ। कार्गोको स्पेसको लम्वाई ३१५५ एमएम, चौडाइ १५४० एमएम र उचाई ३३० एमएम छ। यसको १.४ टन लोडिङ क्षमता रहेको छ।

टप स्पीड ९० किलोमिटर प्रतिघन्टासम्म भएको पिकअपमा १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ। कम्पनीले यसमा भएको ब्याट्री र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिने बताएको छ।

ब्लू कर्पोरेशनले ३१ लाख ४५ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो। कम्पनीले निकट भविष्यमै कमर्शियल भ्यानसमेत ल्याउने तयारी थालेको छ। कम्पनीसँग १२ सिटे, १४ सिटे, १९ सिटे भ्यान उपलब्ध हुनेछ।

चैत १३, २०८१ बुधबार ११:१४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।