सिटी एक्सप्रेसको ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम

सिटी एक्सप्रेसको ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम

काठमाडौं : सिटी एक्सप्रेस मनि ट्रान्सफरले काठमाडौं कमलादीस्थित आफ्नै कार्यालय भवनमा ‘१८औं वर्षमा १८  गुणा, परिवारमा खुशी लाखौं गुणा’ योजनाको उपहार हस्तान्तरण भएको छ।

कोरियाबाट निराजन ढकालले जि मनि ट्रान्स मार्फत यहाँ सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटान्स पठाउँदा उक्त योजना अन्तर्गत पठाएको रकमको १८ गुणा गरी सात लाख ५४ हजार ३६२ रुपैयाँ जित्न सफल भएका थिए।

उक्त रकम उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको हो। उक्त कार्यक्रममा नेपाली चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिति रहेको थियो।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना दुई जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता दुई जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही पाँच सय रुपैयाँको सिटी पे वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो।

जसअन्तर्गत १६२० जनाले दैनिक उपहार (रु ५०० को वालेट टप् अप) , २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टिभी) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट फोन) जित्न सफल भईसकेका छन्।

सोही कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ।

चैत १३, २०८१ बुधबार १०:५१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।