कुलमान हटाएको आक्रोश सडकमा पोखियो

काठमाडौं : सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको बाहिरिए सँगै मंगलबार काठमाडौँको सडकमा आक्रोश पोखियो।
कुलमानलाई हटाएको भन्दै सर्वसाधारणहरू बानेश्वरमा विरोध प्रदर्शनमा उत्रिए। उनीहरूले सरकारको निर्णयको विरोधमा नाराबाजी गरेका थिए।
कुलमान हटाएर लोडसेडिङ पुन ब्यूँताउन खोजेको भन्दै विरोधमा उत्रिएकाहरू सरकारप्रति आक्रोशित देखिन्थे।
चैत १२, २०८१ मंगलबार १७:१३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।