समय रैनाले स्वीकारे गल्ती, भने- ‘त्यो सबै फ्लो-फ्लोमा भयो’

समय रैनाले स्वीकारे गल्ती, भने- ‘त्यो सबै फ्लो-फ्लोमा भयो’

एजेन्सी : स्ट्यान्ड अप कमेडियन तथा युट्युबर समय रैनाले इन्डियाज गट लेटेन्ट कार्यक्रमसँग सम्बन्धित विषयमा महाराष्ट्र साइबर सेललाई दिएको बयानमा आफ्नो गल्ती स्वीकार गरेका छन्।

रैनाले भने, ‘शोको क्रममा जे भयो त्यसको लागि म माफी चाहन्छु। भविष्यमा यस्तो घटना फेरि नदोहोरियोस् भनेर म थप सावधानी अपनाउनेछु।’

समयले फेब्रुअरी ८ मा आफ्नो युट्युब च्यानलमा कार्यक्रमको एक एपिसोड अपलोड गरे। जसमा युट्युबर रणवीर इलाहाबादियाले आमाबाबु र महिलाहरूको बारेमा अश्लील कुरा भनेका थिए।

बयानका क्रममा उनले कार्यक्रमको क्रममा जे भयो त्यो फ्लो-फ्लोमा भएको बताएका छन्। मानिसलाई चित्त दुखाउने आफ्नो मनसाय नरहेको भन्दै रैनाले यो घटनापछि आफ्नो मानसिक स्वास्थ्यमा असर पारेको बताए।

क्यानडा भ्रमणबाट फर्किए लगत्तै समयले अनुसन्धान एजेन्सी समक्ष उपस्थित भएर आफ्नो बयान रेकर्ड गराएका थिए। उनीसँग अनुसन्धान एजेन्सीले पाँच घण्टाभन्दा बढी समय बयान लिएको थियो।

चैत १२, २०८१ मंगलबार १४:०३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।