कुलमानको बर्खास्तीको विरोधमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन

कुलमानको बर्खास्तीको विरोधमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाइएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।

‘नेपाली जनता’ आयोजक लेखिएको ब्यानरसहित सडकमा उत्रिएका उनीहरुले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म अघि बढिरहेको छ।

ब्यानरमा ‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन, कुलमान घिसिङ जिन्दावाद, उज्यालो नेपाल जिन्दावाद’ लगायतका नारा लेखिएको छ। आन्दोलनमा एकीकृत समाजवादीका विद्यार्थी पनि सहभागी थिए।

यसअघि पनि एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले ऊर्जामन्त्री दीपक खड्काको पुतला दहन गरेको थियो।

मन्त्रिपरिषद्को निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने प्रदर्शनमा सहभागीहरुले बताएका छन्।

चैत १२, २०८१ मंगलबार १३:५५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।