कबाड व्यवसायको व्यवस्थापनका लागि काठमाडौं महानगरसँग छलफल गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कबाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गर्नुपर्ने बताएका छन्।
कबाड संकलन तथा व्यवसायसँग सम्बन्धित माग राखेर आन्दोलनरत कबाड व्यवसायी संघर्ष समितिका प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले समस्या समाधानका लागि सहमतिमा जानुपर्नेमा जोड दिएका हुन्।
उनले भने, ‘कबाड व्यवसायीहरूका मागमा आपसी छलफल गरेर एउटा समझदारीमा पुगेर व्यवसाय गर्ने सहज वातावरण बनाउनु जरूरी छ। संकलन गर्ने मजदूर तथा व्यवसायीलाई दुःख दिएर समस्या हल हुँदैन।’
भेटका क्रममा उनले कबाड व्यवसायको उचित व्यवस्थापनका विषयमा काठमाडौं महानगर नेतृत्वसँग समेत छलफल गरेर सकारात्मक वातावरण निर्माणका लागि पहल गर्ने समेत बताए।
कबाड संकलक तथा व्यवसायका क्रममा काठमाडौं महानगरपालिकाले अवरोध सिर्जना गरेका कारण व्यवसायी पीडित र विस्थापित हुन पुगेको भन्दै कबाड व्यवसायी संघर्ष समितिले अध्यक्ष प्रचण्डलाई पहल गरिदिन आग्रह गरेका हुन्।
चैत १२, २०८१ मंगलबार १२:२९:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।