ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५ अवसरमा विद्यार्थी तथा युवालक्षित साताव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

बैंकले सातै प्रदेशमा युवा तथा विद्यार्थीलक्षित वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेको हो। देशव्यापी रूपमा आयोजना भएको यो कार्यक्रममा ६ हजारभन्दा बढी विद्यार्थी तथा युवायुवती सहभागी भएको बैंकले जनाएको छ।

यसका साथै नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाहरूले आयोजना गरेको कार्यक्रममा समेत ग्लोबल आइएमई बैंकका कर्मचारी वित्तीय सचेतना अभिवृद्धि ब्यानरसहित सहभागी भएका थिए।

आफ्ना ३५५ वटै शाखाहरूमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखिएको बैंकले जनाएको छ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तिीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको थियो।

चैत १२, २०८१ मंगलबार ११:४८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।