सुनको मूल्य दुई सय रुपैयाँले घट्यो

सुनको मूल्य दुई सय रुपैयाँले घट्यो

काठमाडौं : साताको तेस्रो दिन मंगलबार (आज) सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ।

सोमबारको तुलनामा आज सुन तोलामा दुई सय रुपैयाँ घट्दा चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ७३ हजार तीन सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ७३ हजार पाँच सय रुपैयाँ थियो।

त्यसैगरी चाँदी आज तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको छ। चाँदीको मूल्य भने हिजो पनि उही नै थियो।

चैत १२, २०८१ मंगलबार १०:४७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।