कुलमानको पक्षमा प्रदर्शन भएपछि विद्युत् प्राधिकरण आसपास सुरक्षा सतर्कता बढाइयो

कुलमानको पक्षमा प्रदर्शन भएपछि विद्युत् प्राधिकरण आसपास सुरक्षा सतर्कता बढाइयो
फाइल तस्बिर

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्धमा प्रदर्शन हुन थालेपछि नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा प्रहरी परिचालन गरिएको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई बर्खास्त  गरेर हितेन्द्रदेव शाक्यलाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही निर्णयको विरोधमा काठमाडौंका सडकमा प्रदर्शन हुन थालेका छन्।

मंगलबार बिहान एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले प्रदर्शन गर्दै ऊर्जामन्त्री दिपक खड्काको पुतला दहन गरेका थिए।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि घिसिङलाई हटाएकोमा विरोध गरेका छन्। सत्तारूढ दल नेपाली कांग्रेसभित्रै पनि घिसिङलाई हटाइएका चर्को असन्तुष्टि छ।

चैत १२, २०८१ मंगलबार १०:४०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।