सुरू हुनुअघि नै सुपरहिट ट्रम्पको गोल्ड कार्ड भिसा कार्यक्रम, एकै दिनमा बिक्यो एक हजार कार्ड

सुरू हुनुअघि नै सुपरहिट ट्रम्पको गोल्ड कार्ड भिसा कार्यक्रम, एकै दिनमा बिक्यो एक हजार कार्ड

एजेन्सी : राष्ट्रपति डोनाल्ड ट्रम्पको गोल्ड कार्ड भिसा कार्यक्रम आधिकारिक रूपमा सुरू हुनुअघि नै सुपरहिट भएको छ।

अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले सोमबार एकै दिनमा एक हजार गोल्ड कार्डहरू बेचेको दाबी गरे। एउटा गोल्ड कार्डको मूल्य ५० लाख डलर छ।

हावर्ड लुटनिकको दाबी अनुसार, अमेरिकाले एकै दिन पाँच अर्ब डलरको गोल्ड कार्ड बेचेका छन्।

हावर्डले मानिसहरू गोल्ड कार्डको प्रतिक्षा गरिरहेको बताएका छन्। यो कार्यक्रम आधिकारिक रूपमा लगभग दुई हप्ता पछि सुरू हुनेछ। एलन मस्क हाल यसको लागि सफ्टवेयर विकास गर्दैछन्।

विश्वका ३ करोड ७० लाख मानिसहरू गोल्ड कार्ड खरिद गर्न सक्षम रहेको अमेरिकी प्रशासनको विश्वास छ। जबकी अमेरिकाले अहिले १० लाख गोल्ड कार्ड बेच्नेछ। यस कार्यक्रमबाट उठेको रकम अमेरिकाको ऋण कम गर्न प्रयोग गरिने ट्रम्प प्रशासनको भनाइ छ।

हावर्ड लुटनिकका अनुसार गोल्ड कार्ड किन्नेहरूले अमेरिकामा अनिश्चित कालसम्म बस्ने अधिकार पाउनेछन्। कार्ड किन्नेहरू कानून पालना गर्ने असल व्यक्ति हुन् कि होइनन् भनेर पनि अनुसन्धान गरिनेछ।

यदि कार्ड खरिद गर्ने व्यक्ति गैरकानूनी गतिविधिमा संलग्न छ भने अमेरिकाले यो कार्ड सदाको लागि रद्द गर्न सक्छ।

चैत १२, २०८१ मंगलबार ०८:१३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।