मन्त्रिपरिषद्को दुई विवादित निर्णय : कुलमानलाई बर्खास्त गरेर हितेन्द्र, नेप्सेमा विवादित पात्र नारद

काठमाडौं : मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्य नियुक्त गर्ने निर्णय गरेको छ।
सोमबार साँझ बसेको बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गर्दै उनको स्थानमा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको बैठकमा सहभागी स्रोतले उकेरालाई जानकारी दियो।
सरकारको निर्णय अनुसार ऊर्जा मन्त्रालयले सोधेको स्पष्टीकरणमा टेकेर उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो। सोमबारकै बैठकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुखमा नारद लुइँटेललाई नियुक्तिको निर्णय गर्यो।
लुइँटेल यस अगाडि तारागाउँ विकास समितिको सदस्य सचिव रहँदा नै विवादित थिए। उनलाई सरकारले धितोपत्र बोर्डको नेतृत्वमा ल्याउने निर्णय गर्यो।
चैत ११, २०८१ सोमबार २१:०९:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।