काठमाडौँमा प्रहरीको सर्प्राइज चेकिङ : ११ हजारको छड्के जाँचमा २२ जना मात्र शङ्कास्पद

काठमाडौं : जिल्ला प्रहरी परिसर, काठमाडौँले दुई घण्टा आकस्मिक सुरक्षा जाँच सञ्चालन गरेर २२ जनालाई नियन्त्रणमा लियो। प्रहरीले काठमाडौं जिल्लाका विभिन्न १ सय ८५ स्थानमा सरप्राईज चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा ५ हजार ६ सय ३९ वटा दुई पाङ्ग्रे र २ सय ३५ वटा चार पाङ्ग्रे सवारीसाधनको जाँच गरेको प्रहरी कार्यालयले जानकारी दिएको छ।
दुई घण्टामा ११ हजार १ सय ७६ जना व्यक्तिको चेकजाँच गर्दा २२ जना शङ्कास्पद गतिविधिमा संलग्न रहेको आंशकामा नियन्त्रणमा लियो। चेकजाँचको क्रममा २ सय ५८ पिस ट्रामाडोल फेला परेको, २ सय ६२ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन बापत जरिवाना, २३ वटा दुई पाङ्ग्रे शङ्कास्पद सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरी कार्यालयले जानकारी दियो।
२१ जना पुरुष र १ महिला गरेर २२ जनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
चैत ११, २०८१ सोमबार २०:१७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।