सत्ता घटक र प्रमुख प्रतिपक्षी दलका तीन शीर्ष नेता सिंहदरबारमा

सत्ता घटक र प्रमुख प्रतिपक्षी दलका तीन शीर्ष नेता सिंहदरबारमा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनि प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड सोमबार एकै थलोमा भेला भए।

उनीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेला भएका हुन्। शीर्ष नेताहरू सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफलका लागि सिंहदरबारमा भेला भएका हुन्।

छलफलमा गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, माओवादी केन्द्रका नेता शक्ति बस्नेत र खिमलाल देवकोटा अनि प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेललगायतकाहरु सहभागी थिए।

पछिल्लो समय खारेज भइसकेको राजसंस्था र पूर्व राजा ज्ञानेन्द्र शाहको पक्षमा देखिएको माहौल, सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन भइरहेको अलमल लगायतका विषयमा तीन दलका शीर्ष नेताहरुबीच छलफल भए पनि निचोड सार्वजनिक भएको छैन।

चैत ११, २०८१ सोमबार १७:५२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।