स्वास्थ्यमा राज्यको चार प्रतिशत लगानी पनि घट्ने खतरा छ: मन्त्री पौडेल

स्वास्थ्यमा राज्यको चार प्रतिशत लगानी पनि घट्ने खतरा छ: मन्त्री पौडेल

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले राज्यले स्वास्थ्यमा गरेको चार प्रतिशत लगानी पनि घट्ने खतरा रहेको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यक्रममा बोल्दै उनले राज्यले पूर्ण रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने स्थिति नरहेकाले नागरिक योगदानमा आधारित बीमा प्रणालीको विकास आवश्यक रहेको बताए।

उनले भने, ‘राज्यले ४ प्रतिशतको हाराहारीमा हुँदै गर्दा यो कुनै पनि मापदण्डमा आधारित छैन। तर अवस्था कस्तो छ भने यही ४ प्रतिशत पनि घट्ने हो कि भन्ने खतरा छ। त्यसैले राज्यले पूर्ण रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने स्थिति छैन भने नागरिक योगदानमा आधारित बीमा प्रणालीको विकास गरौँ।’

उनले स्वास्थ्य क्षेत्रमा व्यापक विकास भए पनि पहुँच पुग्ने गरी विकास नभएको बताए। पहुँच पुग्ने गरी विकास भएको नहुँदा त्यसलाई विकास नमानिने र स्वास्थ्य क्षेत्रमा पहुँच पुग्ने गरी विकास गर्न विद्यमान स्थितिलाई बदल्न सक्नुपर्ने बताए।

चैत ११, २०८१ सोमबार १७:००:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।