आईपीएल : आर्चरलाई ‘कालो ट्याक्सी’सँग तुलना गरेपछि कमेन्टेटर हरभजन सिंह विवादमा

आईपीएल : आर्चरलाई ‘कालो ट्याक्सी’सँग तुलना गरेपछि कमेन्टेटर हरभजन सिंह विवादमा

एजेन्सी : भारतीय क्रिकेट टोलीका स्पिनर हरभजन सिंह आईपीएल २०२५ मा कमेन्ट्रीको कारण विवादमा परेका छन्।

यो मामिला आइतबार खेलिएको सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको खेलसँग सम्बन्धित छ।

यस खेलमा, इङ्गल्याण्ड क्रिकेट टोलीका तीव्र गतिका बलर जोफ्रा आर्चरले राजस्थान रोयल्सका लागि १८औं ओभर बलिङ गरे। त्यस क्रममा इशान किशन र हेनरिक क्लासेन पिचमा ब्याटिङ गरिरहेका थिए।

आर्चरको दोस्रो र तेस्रो बलमा क्लासेनले लगातार चौका प्रहार गर्दा हरभजन सिंहले उनलाई लन्डनमा चल्ने कालो ट्याक्सीसँग तुलना गर्दै टिप्पणी गरे।

उनले भने, ‘लन्डनमा कालो ट्याक्सीको मिटर छिटो चल्छ, र यहाँ आर्चरको मिटर पनि छिटो चलिरहेको छ।’

हरभजनको यो टिप्पणी अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले सिंहलाई आईपीएल २०२५ को कमेन्ट्री प्यानलबाट हटाउन माग गरेका छन्।

चैत ११, २०८१ सोमबार १२:१४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।